(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारवादी भई चलेको कुनै मुद्दामा कैद सजाय पाई कैद भोगिरहेको ज्येष्ठ नागरिकलाई निजको उमेर र कसूरको
अवस्था हेरी देहायबमोजिमको कैद छूट दिन सकिनेछ :–
(क) पैंसट्ठी वर्ष उमेर पूरा भई सत्तरी वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई पच्चीस प्रतिशतसम्म,
(ख) सत्तरी वर्ष उमेर पूरा भई पचहत्तर वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई पचास प्रतिशतसम्म,
(ग) पचहत्तर वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई पचहत्तर प्रतिशतसम्म ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए
तापनि जवर्जस्ती करणी सम्बन्धी कसूर वा तेजाब वा
ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको वा
शारीरिक क्षति पुच्याएको कसूरमा त्यस्तो छुट दिईने छैन।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कैद सजाय पाएको अशक्त ज्येष्ठ नागरिक वा पचहत्तर वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिकलाई अदालतले कसूरको गाम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्नेछ ।
(२क) उपदफा (२) बमोजिम अदालतको आदेश
अनुसार ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राख्दा अन्य ज्येष्ठ
नागरिकबाट अलग्गै राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम हेरचाह केन्द्रमा राख्नेसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।